संस्कृत विद्यालयमा निर्माण गरिएको शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन
पाेखरा | साउन २०, २०८२
पोखरा: पोेखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशय भित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधाराको केदारेश्वर महादेव मणी मन्दीरका पीठाधिस चिद्घन चैतन्यजी महाराजले आज एक समारोहबीच उद्घाटन गर्नु भएको छ ।
विद्यालयको आन्तरिक स्रोत र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा निर्माण गरिएको सो उद्यानको लागत ५ लाख ९२ हजार रहेको छ ।
सो उद्यानको उद्घाटन गर्नुहुदैँ चैतन्यजी महाराजले आत्मसन्तुष्टि प्राप्त गरी स्थिर मन भएर गरेको धर्म मात्र सार्थक हुने बताउँदै धर्मले सबैलाई एकतामा बाध्ने स्पष्ट पार्नुभयो ।
उहाँले धर्मको बारेमा बोल्नुहुदैँ कुनै व्यक्तिको काम र कर्तव्यबाट पनि प्राप्त हुने स्पष्ट पार्नु भयो ।
भोकभोकै बसेर मन्दिरको दर्शन गरी लाखौं दान गरे पनि मनमा शान्ती र स्थितरता भएन भने त्यस्तो व्यक्तिले गरेको धर्मको कुनै अर्थ नहुने स्पष्ट पार्नु भयो ।
उहाँले धर्म र संस्कृति भनेको राष्ट्रको मुल मर्म भएकाले कुनै पनि अभिभावकले आफ्ना सन्ततीलाई धर्मको बारेमा सिकाउनुभयो ।
गुरु चैतन्यले विदेश जाने छोराछोरीहरुलाई विदेश नजान आग्रह समेत गर्दै देशमै बसेर सेवा गर्न प्रेरित गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवम् गोरखा पत्र दैनिकका व्युरो प्रमुख रमेश पौडेललाई पत्रकारीता क्षेत्रबाट धर्म संस्कृति र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यायानाध्यापक श्रीकृष्ण सिग्देल, प्रा। डा जग्गनाथ रेग्मी लगायतले धर्म संस्कृति र संस्कृत शिक्षाका बारेमा बोल्नु भएको थियो ।
सो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । यहाँ हाल २६० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
७० जना विद्यार्थीहरुलाई निशुल्क आवास तथा भोजनको व्यवस्थासमेत विद्यालयले गर्दै आएको छ । जसका लागि गुरुकुल शिक्षाको संर्वद्धन र प्रर्वद्धनका लागि भन्दै अक्षयकोष खडा गरिएको छ । सो कोषमा हालसम्म ६५ लाख रुपैयाँ जम्मा भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
संस्कृत विद्यालय भएपनि सो विद्यालयमा वेद कर्मकाण्ड लगायत अंग्रेजी, विज्ञान, गणित विषयसमेत पढाई हुदाँ सो विद्यालयमा आउने विद्यार्थीको संख्यामा वृद्धि भएको सो विद्यालयका प्रअ सिग्देलको भनाई छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

